प्रेमीको गुप्तांग काटिदिने प्रेमिकालाई १० वर्षको जेल सजाय
काठमाडौं। एक महिला डाक्टरका पूर्व प्रेमीले अर्कै महिलासँग बिहे गरेपछि ती महिला डाक्टर यतिसम्म रिसाइन् कि उनले पूर्वप्रेमीलाई आफ्नो क्लिनकमा बोलाएर उनको गुप्तांग नै काटिदिइन् । भारतको कर्नाटकको बैंगलोरकी ती महिलालाई अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । सन् २००८ को यो घटनामा अदालतले अहिले अन्तिम फैसला गरेको आज तकको समाचारमा उल्लेख छ ।
सइदा अमिदा नहीम नामकी ती महिला दाँतकी डाक्टर थिइन् । उनले एक व्यत्तिःसँग प्रेम गर्थिन् तर पछि कुनै कुरामा विवाद भएपछि उनीहरुको सम्बन्ध टुटेको थियो । त्यसपछि प्रेमीले अर्कै महिलासँग बिहे गरे । यो कुराले महिला डाक्टरलाई यतिसम्म रिस उठ्यो कि उनले आफ्ना पूर्वप्रेमीसँग बदला लिने सोच बनाइन् र आफ्नो क्लिनिकमा भेट्न बोलाइन् ।
जब उनका प्रेमी भेट्न आए महिला डाक्टरले उनलाई नशालु पदार्थ मिसाइएको जूस पिउन दिइन् । पूर्वप्रेमी बेहोस भएपछि महिला डाक्टरले उनको गुप्तांग काटेर नालीमा बगाइदिइन् । जब प्रेमीलाई होस आयो उनलाई पीडा हुन थाल्यो । उनले शरीरबाट रगत बगिरहेको देखे । पूर्वप्रेमी आत्तिएको देखेपछि महिला डाक्टर डराइन् र पूर्वप्रेमीलाई स्क स्थानीय अस्पतालमा भर्ना गराएर त्यहाँबाट हिँडिन् ।
महिला डाक्टर सइदा ती व्यक्तिसँग त्यतिबेलादेखि सम्बन्धमा थिइन् जतिबेला उनी मैसुरमा बस्थिन् । तर, उनका प्रेमीले उनीसँग छुट्टिएपछि अर्की महिलासँग बिहे गरे जुन कुरा सइदालाई मन परेन । उनले आफ्ना पूर्वप्रेमीलाई खोजिन् र उनीसँग बदला लिनको लागि उनको गुप्तांग काटिदिइन् । ११ वर्षसम्म अदालतमा चलिरहेको यो मुद्दामा जिल्ला अदालतले अहिले आएर महिला डाक्टरलाई यो अपराधको लागि १० वर्षको जेल सजाय र २ लाख जरिवानाको सजाय सुनाइन् । -एजेन्सीको सहयोगमा
No ads found for this position

डिसी नेपाल
Facebook Comment