डिसी नेपालको ग्लोबल एडिटरमा भट्टराई नियुक्त
चूडामणि भट्टराई।
वासिंगटन डिसी। पत्रकार चूडामणि भट्टराई डिसी नेपालको ग्लोबल एडिटर नियुक्त भएका छन्। डिसी नेपालको सञ्चालक समितिले अमेरिकाको मेरिल्याण्डमा बसोवास गर्दै आएका पत्रकार भट्टराईलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारितामा सक्रिय रहेका भट्टराईले अन्नपूर्ण राष्ट्रिय दैनिकको नायब सम्पादक तथा कान्तिपुर प्रकाशन प्रालिको नेपाल म्यागाजिनमा रिपोर्टिङ्ग कोआर्डिनेटर र पत्रकारिताका अध्यापक भई काम गरिसकेका छन्।
पत्रकारितामै स्नातकोत्तर गरेका भट्टराईसँग जनआस्था साप्ताहिकको उपसम्पादक र रेडियो नेपालको परिवेश कार्यक्रम प्रस्तोताका रुपमा पत्रकारिता क्षेत्रमा काम गरेको अनुभव पनि छ।
सुरक्षा र राजनीतिसम्बन्धी खोजमुलक पत्रकारितामा रुचि राख्ने भट्टराई हाल अमेरिकाको बासिंगटन डिसीस्थिति युनिभर्सिटी अफ डिसीमा होमल्याण्ड सेक्युरिटी विषयमा स्नातकोत्तरका विद्यार्थी हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment