सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
साकेतिक तस्बिर
काठमाडौं । ललितपुर र काभ्रेका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका–९ बालकुमारी खरीबोटस्थित सडकमा बिहीबार बिहान बा.२ ज २८०६ नम्बरको ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको ज्यान गएको छ ।
ट्याक्सीको ठक्करबाट गम्भीर घाईते भएकी अन्दाजी ३० वर्षीया महिलालाई उपचारका लागि पाटन अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु हो ।
ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै काभ्रेको खानिखोला गाउँपालिका–५ माझगाउँस्थित सडकमा ना.३ त ९१०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा च्यापियर एक जनाको ज्यान गएको छ।
ज्यान गुमाउनेमा ट्याक्टरमा सवार खानिखोला गाउँपालिका–४ मा बस्ने २८ वर्षीय दुधलाल भोलनको घटनास्थलमै मृत्यु भएको छ।
फरार ट्याक्टर चालकको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment