पीपीएल : पारस खड्का ६३ रनमा आउट
पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल बास्टर्सविरुद्ध खेलिरहेका राष्ट्रिय टालीका पूर्व कप्तान तथा चितवन राईनोजका कप्तान पारस खड्का ६३ रनमा आउट भएका छन् ।
उनले ४० बलमा ६ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाउर आउट भएका हुन् । अहिले पारसको ठाउँमा हङ्कङका बाबार हायात खेलिरहेका छन् । टस हारेर ब्याटिङ गरिरहेको चितवनको १२ ओभर चलिरहँदा १ विकेटको क्षतिमा ११९ रन बनाएर खेलिरहेको छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजको सुरुवाती ११ मा अलराउण्डर करन केसी, अनिलकुमार साह, आरिफ शेख, बाबार हायात, सन्नी पटेल, रोहन मुस्तफा, भुवन कार्की, विक्रम सोब, सुमित महर्जन, रहेका छन् भने नेपाली राष्ट्रिय टोलीमा नियमित बलर सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टरस्को सुरुवाती ११ मा भिम सार्की, ललित भण्डारी, अविनाश बोहरा, हरि चौहान, शेर मल्ल, शंकर राना, शिवम सिङ्, हर्श टोङ्क, अफ्ताबुद्दिन अहमद, विपिन खत्री रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment