पीपीएल : रोहन मुस्तफाको उत्कृष्ट ब्याटिङ, अर्धशतक प्रहार

डिसी नेपाल
३ पुष २०७६ १२:४५

पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सविरुद्धको खेलमा रोहन मुस्तफाले चितवन राइनोजको तर्फबाट हाफ सेन्चुरी प्रहार गरेका छन् ।

उनले ४४ बलमा ६ चौका र १ छक्काको मद्दतले हाफ सेन्चुरी प्रहार गरेका हुन् । पारससँग ओपनिङ गर्न आएका यूएईका मुस्तफाले चितवनलाई बलियो स्कोरमा लगिरहेका छन् ।

टस हारेर ब्याटिङ गरिरहेको चितवनको १६ ओभरमा २ विकेटको क्षतिमा १ सय ४९ रनन बनाएर खेलिरहेको छ । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजको सुरुवाती ११ मा अलराउण्डर करन केसी, अनिलकुमार साह, आरिफ शेख, बाबार हायात, सन्नी पटेल, रोहन मुस्तफा, भुवन कार्की, विक्रम सोब, सुमित महर्जन, रहेका छन् ।

भने नेपाली राष्ट्रिय टोलीमा नियमित बलर सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टरस्को सुरुवाती ११ मा भिम सार्की, ललित भण्डारी, अविनाश बोहरा, हरि चौहान, शेर मल्ल, शंकर राना, शिवम सिङ्, हर्श टोङ्क, अफ्ताबुद्दिन अहमद, विपिन खत्री रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *