अघिल्लो सिजनमा सनसनीपूर्ण बलिङ गरेका जोसेफ बिकेनन्

डिसी नेपाल
३ पुष २०७६ १९:०५

एजेन्सी । अघिल्लो सिजनको आईपीएलमा सनसनीपूर्ण बलिङ गरेका अल्जारी जोसेफ यो सिजनमा भने बिक्री भएनन्।

अघिल्लो सिजनमा मुम्बईबाट खेलेका उनले एकै म्याचमा ६ विकेट लिएका थिए। तर यो पटक भने उनी बिक्री भएनन्। आईपीएल ईतिहासमा एकै खेलमा सबैभन्दा धेरै विकेट लिने रेकर्ड उनकै नाममा रहेको छ।

उनले हैदरावाद विरुद्धको खेलमा ३.४ ओभरमा १२ रन खर्चिएर ६ विकेट लिएका थिए। जोसेफले सोहेल तनविरको नाममा रहेको ६÷१४ को रेकर्ड तोडेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *