मदन भण्डारी क्रिकेट च्याम्पियनसीप–२०१९ सुरु, शनिबारबाट फाईनल खेल हुने
नयाँ दिल्ली, भारत । पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्याम्पियनसीप २०१९ बिहीबारदेखि नयाँ दिल्लीको विनय मार्ग इस्पोर्ट कम्पलेक्स, चानक्यपुरीमा सुरु भएको छ।
तीन दिनसम्म चल्ने खेल १९ डीसेम्बर का दिन बिहान ८ः३० बजे भारतका लागि महामहिम राजदुत निलाम्बर आचार्यले उद्घाटन गरेका हुन् ।
बिहीबार देखि संचालित खेलमा २१ डीसेम्बर शनिबारका दिन बिहानबाट फाइनल खेल सुरु हुनेछन् ।
मदन भण्डारी स्पोर्ट एकेडमी इन्डिया प्रवास इन्चार्ज गोपाल थापाले खेल प्रति अभिरुचि भएका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, जिम्मेबार व्यक्तित्वहरु, खेलाडी साथीहरु लगायत खेलप्रेमी महानुभावहरुलाइ उपस्थितिको लागि हार्दिक निमंत्रणा समेत गरेका छन्।

राज ढकालको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा भारतका लागि महामहिम राजदुत निलाम्बर आचार्य प्रमुख अतिथि तथा प्रवास इन्चार्ज गोपाल थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रम मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाका प्रेस संयोजक सुवास बस्नेतले संचालन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment