त्रिभुवन विमानस्थलबाट भन्सार छलि लाँदै गरेको सुन र ल्याप्टपसहित एक जना पक्राउ

डिसी नेपाल
४ पुष २०७६ १३:०२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संलकन गरी लैजान लागेको १ सय ४९ ग्रामको सुनको बाला ३ थान र ल्यापटप ३ थान सहित एक जना पक्राउ परको छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ चाबहिल मैजुबहाल बस्ने सर्लाही लालबन्दी नगरपालिका–५ घर भएका २३ वर्षीय बिक्रम पोखरेललाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाई उक्त परिमाणको सुन र ल्यापटप संकलन गरी लैजान लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो।

साथै नेपाल एयरलाइन्सको उडानद्वारा दुबइबाट काठमाडौं आएका पर्बत फलेवास नगरपालिका–११ घर भएका राहदानी नम्बर ०५७२५०८१ वाहक २७ वर्षीय बिनोद कडेंललाई भन्सार छलि लैजान लागेको ९९ गाम्रको सुनको बाला २ थान सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ।

बिमानस्थलको पार्किङ एरियामा जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको सुन सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

पक्राउ दुवै जनालाई बरामद सुन तथा ल्यापटप सहित आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *