सन्दीपले लिए आफ्नो अन्तिम ओभरमा विकेट
एजेन्सी । नेपाली बलर सन्दिप लामिछाने ब्रिसबेन हिट विरुद्धको खेलमा पहिलो विकेट लिएका छन्।
आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका सन्दिपले ब्रिसबेनका बेन कटिङलाई आउट गराएका हुन्। ओभरको तेस्रो बलमा कटिङ सन्दीपको बलिङमा बेन डंकको हातबाट क्याच भए।
सन्दीपले ब्रिसबेनविरुद्धको आफ्नो पहिलो ओभर नै महंगो फालेका थिए। उनले पहिलो ओभरमा ४ बााउन्ड्रीसहित १९ रन दिएका थिए। तर त्यसपछिका बाँकी ३ ओभरमा सम्हालिएर बलिङ गर्दै मात्र १९ रन दिए र एक विकेट लिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment