बिग बास लिगमा मेलबर्न विजयी, सन्दीपको नाममा एक विकेट

डिसी नेपाल
४ पुष २०७६ १७:२१

एजेन्सी । अस्ट्रेलियमा जारी बिग बास लिगमा नेपाली स्पीनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पहिलो खेलमै जित हात पारेको छ। शुक्रबार भएको खेलमा स्टार्सले ब्रिसबेन हिटलाई २२ रनले हराउँदै जित निकालेको हो।

मेलबर्नको जितमा स्पीनर एडम जाम्पाले ३ विकेट लिए भने हेरिस रौफ र डेनियल वरलले २–२ विकेट लिए। यस्तै सन्दीपले १ विकेत हात पारे। ब्रिसबेनका टम बेन्टनले ६४ तथा म्याट रेन्शले ३९ रन बनाउँदा बेन कटिङले १२ रन बनाए। कटिङ सन्दीपको बलमा आउट भएका थिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो। स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ८३ रन बनाए। यस्तै पिटर ह्यान्ड्सकम्बले २० तथा हिल्टन कार्टराईटले १८ रन बनाए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *