ए डिभिजन लिगः संकटाको पहिलो जित, एनआरटी पराजित
काठमाडौं । संकटा क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए ।
जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ । संकटा पहिलो खेलमा च्यासलसँग २–० ले पराजित भएको थियो ।
एनआरटीको यो पहिलो हार हो । पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment