अपहरित गाउँपालिका अध्यक्ष अपहरणमै, पत्नी लीला शाही रिहा
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्र विप्लब चन्द नेतृत्वको (नेकपा)को अपहरणमा परेका गाउँपालिका अध्यक्ष दम्पतिमध्ये पत्नी लीला शाहीलाई अपहरणकारीले मुक्त गरेका छन् ।
दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीबहादुर शाही र पत्नी लीला शाही शनिबार मध्यराती १२ बजे विप्लब समुहको अपहरणमा परेका थिए ।
पत्नी शाहीलाई दैलेख र कालिकोटको सिमानामा पर्ने भर्तालेकबाट मुक्त गरेको पारिवारिक स्रोतले जनाएको छ। अध्यक्ष शाही पत्नी स्थानीय कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत हुन्।
अध्यक्ष शाहीलाई भने अपहरण गरेर कालिकोट नै पर्याएको परिवारले जनाएको छ।
केही दिन पहिला विप्लव समुहका कार्यकर्ताले अध्यक्ष शाहीसँग चन्दा मानेका थिए। विप्लव समुहले अपहरण गरेको भएपनि किन र के कारणले अपहरण गरियो भनेबारे केही जानकारी दिएका छैनन्।
गाउँपालिका अध्यक्ष अपहरण भएको बारे प्रहरीलाई शनिबार राति नै खबर गरिएको अध्यक्ष शाहीका भाइ नमन शाहीले डिसी नेपाललाई जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment