पीपीएलः कप्तान दिपेन्द्र सिंह ऐरीद्वारा अर्धशतक प्रहार
पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत बुटवल ब्लास्टरविरुद्ध खेलिरहेको धनगढी ब्लुजका कप्तान दिपेन्द्र सिंह ऐरी अर्धशतक प्रहार गरेका छन् । उनले ३७ बलमा ६ चौका र १ छक्काको मद्दतले ५० रन बनाएका हुन् ।
टस जितेर ब्याटिङको निम्तो पाएको धनगढी यो समाचार तयार पार्दासम्म ५ विकेटको क्षतिमा १ सय २३ रनमा खेलिरहेको छ ।
धनगढीका लागि सुरुवाती ११ मा दिपेन्द्र सिंह ऐरी, विकेट किपर शुभेन्दु पाण्डे, सन्दीप जोरा, कमलसिंह ऐरी, सौरभ खनाल, अनिल खरेल, सन्दीप राजाली, सागर ढकाल, रोड्रिगो थोम्सोन, दीपक पुनीया र अमित यादव रहेका छन् ।
त्यस्तै बुटवलका लागि सुरुवाती ११ मा कप्तान सोमपाल कामी, ललित सिंह भण्डारी, मोहम्मद सम्सद शेख, शंकर राना, भिम सार्की, अविनाश बोहरा, नितेश थापा, हर्श टोङ, विकेट किपर शिभमे सिंङ, अफ्ताबुद्धिन अहमद र सिद्धान्त लोहनी रहेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment