हार्टल्याण्डका विद्यार्थीबाट विज्ञान प्रदर्शनी

डिसी नेपाल
६ पुष २०७६ १४:३१
80
Shares

काठमाडौं। काठमाडौं बाफलस्थित हार्टल्याण्ड एकेडेमी स्कूलका कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले विज्ञान विषयक विविध प्रयोग गर्दै साइन्स एक्जिविसन गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमा कक्षा १२ का विद्यार्थीहरुले जिंक मेटललाई डाइल्युट सल्फ्रेरिक एसिडसंग रियाक्सन गराएर हाइड्रोजन ग्यास उत्पादनको प्रयोग गरेका थिए। विद्यार्थीहरुको यो प्रदर्शनीले त्यहाँ उपस्थितहरुलाई विशेष आकर्षित गरेको थियो।

एकेडेमीका प्राचार्य करणसिंह गोयलाका अनुसार एमोनिया ग्यास प्रोडक्सनको प्रयोगात्मक स्टल पनि आगन्तुकहरुका लागि निक्कै आकर्षक रहेको थियो ।
विज्ञान प्रदर्शनीमा कक्षा ८ का विद्यार्थीहरुले लाइफाइ प्रोजेक्ट, जसले प्रकाश शक्तिलाई ध्वनि शक्तिमा रुपान्तरित गर्दै मोबाइलमा बजेको गीत कुनै कनेक्सनविना लाइटको माध्यमबाट अर्को स्पिकरमा बजाएर प्रयोग गरेर देखाइएको थियो ।

प्राचार्य गोयलाले विद्यार्थीहरुको यो विज्ञान प्रदर्शनीलाई आगन्तुकहरुले रुचीपूर्वक हेरेकोले विद्यार्थी त्यसबाट उत्साहित भएको बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *