पीपीएल : बुटवललाई धनगढीको १ सय ४१ रनको लक्ष्य

डिसी नेपाल
६ पुष २०७६ १४:४६

पोखरा । आइतबार पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत भएको खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टरलाई १ सय ४१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले १९ ओभर ५ बलमा अल आउट हुँदै १ सय ४० रन बनाएको हो ।

धनगढीका लागि ओपनर खासै चल्न सकेनन् । ओपनरका रुपमा मैदान प्रवेश गरेका शुभेन्दु पाण्डे १ रनमै आउट हुन पुगे अर्का ओपनर ब्याटेसम्यान रोड्रिगो थोम्सोन ५ रनमै आउट हुन पुगे । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका कप्तान दिपेन्द्र सि.ह ऐरीले आक्रामक ब्याटिङ गरे । उनी ६ चौका र २ छक्काको मद्दतले ४५ बलमा ६१ रन बनाउँदै अविनाश बोहराको बलमा शंकर रानाको हातबाट क्याच आउट हुन पुगे ।

पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप जोरा ३२ बलमा ३९ रन बनाउँदै रन आउट हुन पुगे । त्यस्तै सौरभ खनाल ८ बलमा १० रन बनाउँदै ललित सिंह भण्डारीको बलमा भिम सार्कीको हातबाट क्याच आउट भए । भने अरु कसैले दोहोरो अंक बनाउन सकेनन् ।

बुटवलका लागि अविनाश बोहरा ३ ओभर ५ बलमा २६ रन दिँदै ४ विकेट लिए । त्यस्तै ललित सिंह भण्डारीले ४ ओभरमा १९ रन दिँदै ३ विकेट, सोमपाल कामी ४ ओभरमा २७ रन दिँदै १ विकेट लिए ।

धनगढीका लागि सुरुवाती ११ मा दिपेन्द्र सिंह ऐरी, विकेट किपर शुभेन्दु पाण्डे, सन्दीप जोरा, कमलसिंह ऐरी, सौरभ खनाल, अनिल खरेल, सन्दीप राजाली, सागर ढकाल, रोड्रिगो थोम्सोन, दीपक पुनीया र अमित यादव रहेका छन् ।

त्यस्तै बुटवलका लागि सुरुवाती ११ मा कप्तान सोमपाल कामी, ललित सिंह भण्डारी, मोहम्मद सम्सद शेख, शंकर राना, भिम सार्की, अविनाश बोहरा, नितेश थापा, हर्श टोङ, विकेट किपर शिभमे सिंङ, अफ्ताबुद्धिन अहमद र सिद्धान्त लोहनी रहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *