इन्जुरी समयमा गोल गर्दै मनाङ मर्स्याङ्दी विजयी
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा साबिक विजेता मनाङ मर्स्याङ्दीले लगातार दोस्रो जित हात पारेको छ।
दरशथ रंगशालामा भएको खेलमा मनाङले नेपाल आर्मीलाई १-० गोलले हरायो। मनाङले दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेको हो। मनाङका दयानन्द सिंहले विजयी गोल गरे।
इन्जुरी समयबापत पाँच मिनेट थपिएको खेलमा सिंहले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए। यसअघि दुवै टोलीले पहिलो खेल जितेका थिए।
मनाङ दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। आर्मीको दुई खेलबाट ३ अंक मात्र छ। दुई खेलपछि मच्छिन्द्र, च्यासल र जावलाखेल युथ क्लबको समान चार अंक छ।।
सोमबार हुने अर्को खेलमा थ्रीस्टार र नेपाल पुलिस क्लब आमने सामने हुँदै छन्। यो खेल दशरथ रंगशालामा हुँदै छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment