दोस्रो टेस्टमा पाकिस्तानको फराकिलो जित, १६ वर्षीय नसीमको कीर्तिमानी बलिङ

डिसी नेपाल
७ पुष २०७६ १७:५१

एजेन्सी । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा पाकिस्तान २६३ रनले विजयी भएको छ। कराँचीमा भएको खेलमा पाकिस्तानलाई जित दिलाउन १६ वर्षीय नसीम साहले उत्कृष्ट बलिङ गरे।

४७६ रनको लक्ष्य पछ्याएर दोस्रो इनिङ ब्याटिङ गरेको श्रीलंका २१२ रनमा अलआउट भयो। श्रीलंकाका लागि ओसादा फर्नान्डोले १०२ रन र निरोशन डिकवेलाले ६५ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

श्रीलंकाको इनिङ ध्वस्त पार्न पाकिस्तानका नसीमले ५ विकेट लिए। उनले १२.५ ओभर बलिङ गर्दा ४ मेडन राखे भने ३१ रन खर्चिए। योसँगै उनी टेस्टको एकै इनिङमा ५ विकेट लिने दोस्रा कान्छा खेलाडी बनेका छन्।

उनी अहिले १६ वर्ष ३०७ दिन भए। ५ विकेट लिने कान्छा खेलाडी पाकिस्तानकै नसीम उल घानी हुन्। उनले १९५८ मा वेस्ट इन्डिजविरुद्ध १६ वर्ष ३०३ दिन उमेरमा ५ विकेट लिएका थिए।

घानी स्पिनर हुन् भने नसीम तीव्र गतिका बलर हुन्। यो हिसाबले नसीम टेस्टमा ५ विकेट लिने कान्छा तीव्र गतिका बलर बनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *