यार्सागुम्बासहित तीन पक्राउ

डिसी नेपाल
७ पुष २०७६ २१:२१

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट ४ किलो २ सय ४५ ग्राम यार्सागुम्बासहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला दुहम गाउँपालिका–५ का गर्जेसिंह महरा, भारत उत्तराखण्डका प्रेमसिंह र सोही ठाउँ बस्ने हरिशसिंह रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले युके ०४ टिबी १९६७ नम्बर कारमा भित्री पार्टपूर्जा मेकानिक्सद्वारा खोली जाँच गर्ने क्रममा गाडीको सिटमुनि उक्त परिमाणको यार्सागुम्बा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई सवारी साधन र यार्सागुम्बासहित आवश्यक अनुसन्धान तथा कारवाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.