बीस किलो चरेस बरामद

डिसी नेपाल
७ पुष २०७६ २२:४६

वीरगञ्ज । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले आज बिहान २१ वटा पोकामा रहेको २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको सो चरेस सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको कमाण्डमा खटिएको टोलीले धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।

बिहान ४ः१५ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.