चितवनका लागि बाबरको अर्धशतक पुरा

डिसी नेपाल
८ पुष २०७६ १२:४३

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)मा बाबर हायातले अर्धशतक प्रहार गरेका छन् । पीपीएल अन्तर्गत लिग चरणमा काठमाडौं गोल्डेन वारियर्सविरुद्ध खेलिरहेको चितवन राइनोजका खेलाडी हायातले अर्धशतक प्रहार गरेका हुन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हायातले ४२ बलमा ५३ रन बनाएका छन् । उनलाई ओपनर रोहन मुस्तफाले साथ दिइरहेका छन् । यो समाचार तया गर्दासम्म हायात र मुस्तफा १ सय १३ रनको साझेदारीमा खेलिरहेका छन् ।

चितवनका लागि सुरुवाती ११ मा कप्तान पारस खड्का, रमनरेश गिरी, भुवन कार्की, करन केसी, हरि शंकर साह, मोहम्मद आरिफ शेख, सोनु तामाङ, सन्नी पटेल, रोहन मुस्तफा, बाबर हायात र विकेट किपर अनिलकुमार साह रहेका छन् ।

त्यस्तै काठमाडौंका लागि सुरुवाती ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, प्रिथु बास्कोटा, सुशान भारी, अमर सिंह रौतेला, बसन्त रेग्मी, पवन सर्राफ, अमित श्रेष्ठ, अम्रित भट्टराई, दिपेश भण्डारी, गौरभ तोमार र विकेट किपर जय किशन कोल्सावाला रहेका छन् ।

चार खेल खेलेको चितवन चारै खेलमा जित हाँसिल गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने चार खेल खेलेको काठमाडौं २ जित र २ हारसहित अंक लालिकाको तेस्रो स्थानमा छ । काठमाडौंलाई प्लेअफमा प्रवेश गर्न यो खेल जित्नै पर्ने दवाव छ । भने चितवन लिग चरणको एक खेल अगाडि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *