मेस्सीले मेरो खेलमा चासो दिन्छन् भन्नु चापलुसी होः एम्बाप्पे

डिसी नेपाल
८ पुष २०७६ १४:३१

काठमाडौं। किलियन एम्बाप्पेले आफूलाई मेस्सीले चासो दिन्छन् भन्ने थाहा पाउँदा लागेको गर्व साथै आफ्नो टिमका अर्का खेलाडी नेइमारसँगको सम्बन्धबारे बोलेका छन् । ‘मानिसहरु सोच्छन् किलियन परिवर्तन भयो तर यो सत्य होइन । ऊ निर्णायक र आफ्नो टिमको लागि महत्वपूर्ण खेल खेल्छ’ उनले फ्रान्स फुटबल, जसले उनलाई २०१९ को फ्रेन्च वर्ष खेलाडी घोषित गरेको छ, सँग भने ।

‘१७ वा १८ को उमेरमा बाहेक तपाइँले आफ्नो मनोमानी निकै कम गर्नुहुन्छ किनकि तपाइँले आफूलाई प्रमाणित गर्नुभएको छैन’ उनले भने ‘तपाइँले केही कुराहरुलाई सम्मान गर्नुपर्ने हुन्छ र टिमको सबैभन्दा राम्रो खेलाडीलाई बल दिनुपर्ने हुन्छ । अहिले साथीहरुले मलाई बल दिन्छन् र मैले यो अवसरको धेरै फाइदा पाइरहेको छु किनकि मैले प्रयास गरेको छु ।’

एम्बाप्पेले आफूमा बालोन डिओर जित्ने तीव्र इच्छा भएको भए पनि लियोनेल मेस्सीलाई उछिन्न नसकेको बताए । ‘गत सिजन मलाई महसुस भयो म यसको लागि चुनौती पेश गर्न सक्छु । तर यसको अगाडि मेस्सी उभिए । मैले २ गोल गर्न सक्थें, उनले ३ गर्न सक्थे । मैले ३ गोल गरें भने उनले ४ गोल गर्न सक्थे । यो क्रेजी थियो’ उनले भने ।

‘मैले उस्माने डेम्बेलेसँग यो कसरी सम्भव छ र के उनले मेरो गोलहरु हेरे भनेर सोधेको थिएँ । उनले मलाई बताए कि मेस्सीले मलाई हेरिरहेका थिए । यो चापलुसी हो कि कोही मेस्सी जस्तो खेलाडीले मलाई चासो दिइरहेका छन्’ उनले थपे । एम्बाप्पेले आफ्नो पिएसजीमा नेइमारसँग कुनै प्रतिस्पर्धा नभएको र आफूले उनको स्थान लिन नचाहेको बताएका छन् ।

‘जब म पेरिस आएँ, नेइमार सुपरस्टार थिए । उनी घाइते थिए, विश्वकप मिस गरे र मैले त्यो जितें’ एम्बाप्पेले भने ‘तर समाचार आए कि हामीबीचमा प्रतिस्पर्धा छ र म पिएसजीमा उनको स्थान लिन चाहन्छु ।’ उनले अगष्ट २०१८ मा पेरिस फर्केपछि पहिलो काम नै नेइमारलाई भेटेको बताए । ‘मैले उनलाई भनें कि म बालोन डिओरको लागि लड्छु किनकि उनी त्यो रेसमा थिएनन् । तर मैले उनलाई निश्चित गराएँ कि म पिएसजीमा उनको स्थान लिन चाहन्न ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *