क्रिकेट अस्ट्रेलियाको दशकको सर्वोत्कृष्ट टिममा भारतीय कप्तान, अरु खेलाडी को-को परे ?

डिसी नेपाल
८ पुष २०७६ १५:५८

काठमाडौं। अस्ट्रेलियाको क्रिकेट बोर्ड क्रिकेट अस्ट्रेलियाले दशकको एकदिवसीय र टेस्ट प्लेइङ ११ छनोट गरेको छ । भारतीय कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले मात्र दुवै टिममा स्थान बनाउन सफल भएका छन् । एकदिवसीयको कप्तान भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई बनाइएको छ भने टेस्ट टिमको कप्तान विराट कोहलीलाई बनाइएको छ ।

ब्याटिङ अर्डरको क्रममा एकदिवसीय टिममा रोहित शर्मा (भारत), हशिम अमला (दक्षिण अफ्रिका), विराट कोहली (भारत), एबी डिभिलियर्स (दक्षिण अफ्रिका), शाकिब अल हसन (बंगलादेश), जोश बटलर (इङल्याण्ड), महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर भारत), राशिद खान (अफगानिस्तान) मिचेल स्टार्क (अस्ट्रेलिया), ट्रेन्ट बोल्ट (न्यूजिल्याण्ड) र लासिथ मालिंगा (श्रीलंका) छन् ।

ब्याटिङ अर्डरको क्रममा टेस्ट टिममा एलिटर कुक (इङल्याण्ड), डेभिड वार्नर (अस्ट्रेलिया), केन विलियमसन (न्यूजिल्याण्ड), स्टिभ स्मिथ (अस्ट्रेलिया), विराट कोहली (कप्तान भारत), एबी डिभिलियर्स (विकेटकिपर दक्षिण अफ्रिका), बेन स्टोक्स (इङल्याण्ड), डेल स्टेन (दक्षिण अफ्रिका), स्टुअर्ट ब्रोड (इङल्याण्ड), नथान लियोन (अस्ट्रेलिया र जेम्स एण्डरसन (इङल्याण्ड) छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *