दर्शक नआएपछि खेल हेर्ने दर्शकहरुका लागि एन्फाले घोषणा गर्‍यो पुरस्कार

डिसी नेपाल
८ पुष २०७६ १६:५१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए लिगमा टिकट किनेर हेर्ने दर्शकका लागि आकर्षक पुरस्कारको घोषणा गरेको छ ।

एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै दर्शकको लागि आकर्षक उपहारको घोषणा गरेको हो । एन्फाले बुधबारबाट सुरु हुने तेस्रो चरणको खेलबाट पुरस्कार लागु हुने जनाएको छ ।

एन्फाले पुरस्कार दुई किसिमको राखेको छ । एन्फाले हरेक चरणको समाप्तिपछि र लिग सकिएपछि विजेतालाई पुरस्कृत गर्नेछ । हरेक चरणमा एन्फाले २ सयको टिकट काट्ने २० दर्शकलाई आकर्षक पुरस्कार र ५ सयको टिकट काट्ने पाँच दर्शकलाई नेपालको जर्सी प्रदान गरिने जनाएको छ ।

यस्तै लिग सकिएपछि २ सय र ५ सयको टिकट काट्ने एक एक जना भाग्यशाली दर्शकलाई नेपालको राष्ट्रिय टिमसँग विदेश भ्रमणको अवसर प्रदान गरिने जनाएको छ । २ सयको टिकटमा १० र ५ सयको टिकटमा १५ जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाबीच हुने खेलका लागि भिआइपी प्यारापिटको टिकट प्रदान गरिने एन्फाले जनाएको छ ।

२ सयको टिकटमा १० र ५ सयको टिकटमा १५ जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपेसँगको खेलका लागि भिआइपी प्यारापिटको टिकट प्रदान गरिने छ । २ सयको टिकटमा ५० र ५ सयको टिकटमा १०० जनालाई विश्वकप छनोट अन्तर्गत नेपाल र चाईनिज ताइपे तथा अष्ट्रेलियासँगको खेलका लागि सामान्य प्यारापिटको टिकट प्रदान गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *