राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो

डिसी नेपाल
१० पुष २०७६ २१:५९

काठमाडौं । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ ।

उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ९३ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता रहेका छन् । आयोगले विज्ञप्ति जारीगरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल तोकिएको जनाएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm १ सय७ र स्थानीय तहतर्पm अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ७२ गरी जम्मा ३ सय ७९ जना मतदाता रहेका छन् ।

प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm १ सय १० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ जना मतदाता रहेका छन् । गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ७० गरी जम्मा २ सय ३० जना मतदाता रहेका छन् ।

प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता रहेका छन् । कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्पm ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी जम्मा १ सय ९८ जना मतदाता रहेका छन् ।

त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ७६ गरी जम्मा २ सय २९ जना मतदाता रहेका छन् । सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तहतर्पmका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *