तारकेश्वरमा फोहोर बोक्ने टिपर पल्टिँदा चालक र सह–चालकको मृत्यु

डिसी नेपाल
१२ पुष २०७६ ६:५३

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ पोटगाउँस्थित सडकमा ना२क ३३८ नम्बरको फोहोर बोक्ने टिपर अनियन्त्रित भई पल्टिँदा आज दुई जनाको मृत्यु भएको छ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेर भएको दुर्घटनामा चालक मकवानपुर घर भएका ३० वर्षीय माइला लामा र सहचालक धादिङ गल्छीका २५ वर्षीय कमल लामाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–१५ बाङ्गेमुढा बस्ने विष्णुराज गिरीको घरबाट आज सुनचाँदीका गरगहना, टीभी, आई–प्याडलगायत गरी करिब रु तीन लाख २० हजार बराबरको चोरी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । चोरीमा संलग्न भएकाहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.