घुस दिएको अभियोगमा पक्राउ

डिसी नेपाल
१२ पुष २०७६ १८:११

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगन्ज महानगरपालिका २ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

वीरगन्जबाट हेटौडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ता कपडा नियन्त्रणमा लिए पश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।

खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले शनिबार जनाएको छ । आयोगले घुस रकम सहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.