ललितपुरको कबाडी कारखानामा आगलागी

डिसी नेपाल
१२ पुष २०७६ २२:२६

ललितपुर । ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।

प्रहरी सहायक निरिक्षक पुरन बर्देवाका अनुसार आज बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका ६ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको छ ।

आगो नियन्त्रण अहिलेसम्म ६० प्रतिशत भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन बर्देवाले डिसीनेपाललाई भने । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेको प्रहरी जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.