बंगलादेश प्रिमियर लिगमा अस्वभाविक बलिङ गर्ने यी खेलाडीमाथि छानबिन

डिसी नेपाल
१२ पुष २०७६ २२:५५

एजेन्सी । बंगलादेश क्रिकेट बोर्डको ‘एन्टी करप्शन विभाग’ले क्रिश्मर सन्तोकीमाथि छानबिन गरेकाे छ। बंगलादेश प्रिमियर लिगमा सिलहेट थन्डरबाट खेलेका उनले पहिलो खेलमै अश्वभाविक नो बल र वाईड बल फालेका थिए।

जीमाथि एन्टी करप्शन विभागले छानबिन शुरु गरेको बोर्डका मिडिया कमिटी अध्यक्ष जलाल युनुसले बताए। ‘बोर्डले आफ्नो छानबिन पुरा गर्नेछ’, उनले भने।‘उनलाई प्रश्न सोधिनेछ र उनको उक्त बलिङको रेकर्ड पनि हेरिनेछ। अहिले विभागले आफ्नै प्रक्रियाबाट उनलाई अनुसन्धान गरिरहेको छ। उनिहरुले उक्त रिपोर्ट बीसीबीको प्रमुख अधिकारीलाई बुझाउनेछन्।’

सिल्हेट थण्डरका क्यारिबयन बलर सन्तोकी आफ्नो दोस्रो ओभर लिएर च्यालेन्जर्सका श्रीलंकाली खेलाडी अविष्का फर्नान्डोका अगाडि बलिंग गर्दा दोस्रो बल वाइड फालेका थिए। बल यति वाइड थियोकी त्यो मुस्किलले किपरले कभर गरेका थिए। लगभग लेग साइडबाट एक मिटर पर बल फुलटसमा वाइड थियो। यसपछि उनले सोही ओभरमा अर्को आश्चर्यजनक बलिंग गरेका थिए। उनले फ्रन्टफुट नो बल गरे। उनी बलिंग गर्न करिब १ फिट अगाडि आए।

बीसीबीको एन्टी करप्शन यूनिटले आईसीसीको कोड अफ कण्डक्ट तथा भ्रष्टाचार सम्बन्धी अन्य प्रोटोकलहरु पुरा गर्दै उनीमाथि अनुसन्धान गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *