नागरिकता सम्बन्धि प्रावधान भेदभावपूर्ण : अध्यक्ष शर्मा

डिसी नेपाल
१३ पुष २०७६ १५:१६

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकता सम्बन्धि प्रावधानमा भेदभाव रहेको बताएका छन्। ‘राज्यविहीनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन्।

‘संविधान मै नागरिकता सम्बन्धि प्रावधानहरु विवादित छन्’, उनले भने, ‘बाबु विदेशी र आमा स्वदेशी भयो भने एउटा समस्या छ। तर बाबु नेपाली र आमा विदेशी भयो भने कुनै समस्या छैन्। वंशजको आधार पुरुषबाट सुरु हुन्छ।’ शर्माले बाबु नेपाली हुँदा छोरा वंशज हुने र आमा नेपाली र विदेशी हुँदा बंशज नहुने प्रावधान आफैमा विभेदपूर्ण रहेको बताए।

राष्ट्रियताको हिसाबले महिला महासन्धिहरु कति उपयुक्त छ भनेर जानकारी दिने उद्देश्यले ‘राज्यविहिनता विरुद्ध अन्तर्राष्ट्रिय कानुनहरुको संगालो’ पुस्तक नेपाली अनुवाद गरी विमोचन गरिएको बताइएको छ। राष्ट्रिय महिला आयोग र महिला कानुन र विकास मञ्चले कार्यक्रमको आयोजना गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *