‘अस्ट्रेलियाविरुद्धको सिरिज भारतलाई सजिलो छैन्’

डिसी नेपाल
१३ पुष २०७६ १६:२८

एजेन्सी । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले अष्ट्रेलियाविरुद्धको टेष्ट सिरिज जित्न भारतलाई सहज नरहेको बताएका छन् ।

अष्ट्रेलियाको टिममा विश्वका उत्कृष्ट ब्याट्सम्यान डेभिड वार्नर र स्टिभ स्मिथ रहेका कारण भारतलाई आउने टेष्ट सिरिज जित्न सहज नहुने गांगुलीले बताएका हुन् ।

‘अष्ट्रेलियाविरुद्ध सन् २०२० को टेष्ट सिरिज निकै चुनौतीपूर्ण हुनेछ,’ गांगुलीले भने, ‘मलाई लाग्छ गत सिरिजमा अष्ट्रेलियाको टिम एक नम्बरको थिएन र कोहली आफैंपनि यसलाई नकार्न सक्दैनन् ।’

अन्तिम पटक भारतले अष्ट्रेलियालाई उसैको मैदानमा हराउँदै ७१ वर्षको लामो किर्तीमानमा पूर्णविराम लगाएको थियो । त्यस समय टिममा वार्नर र स्मिथ थिएनन् । दुवैजना बल टेम्परिङको आरोपमा प्रतिबन्धमा रहेका थिए ।

यस्तै गांगुलीले अष्ट्रेलिया भ्रमणको लागि धेरै समय नरहेको समेत बताए । ‘अक्टोबरमा हुने सिरिजको लागि अब धेरै समय रहेको छैन,’ उनले थपे, ‘यो फरक हुनेवाला छ, किनकी अष्ट्रेलियाको यसपटक सबै भन्दा उत्कृष्ट टिम हुनेछ ।’

भारतले सन् २०२० को टी–ट्वान्टी विश्वकप लगत्तै अष्ट्रेलियाको भ्रमण गर्नेछ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *