नेपाली सम्पर्क समिति दक्षिण कोरियामा नयाँ कार्यसमिति, नेतृत्व श्रेष्ठको काँधमा

डिसी नेपाल
१३ पुष २०७६ १८:०५

हिमाल खनाल

सौल । नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानी सौलमा आइतबार सम्पन्न १७ औं अधिवेशनले श्री प्रसाद श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति गठन गरेको होे ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पुरु जोशी चुनिएका छन् भने अन्य २ जना उपाध्यक्षको पद रिक्त राखिएको छ ।

त्यस्तै महासचिवको जिम्मेवारी अभिषेक सापकोटालाई दिएको छ । सचिवमा पनि पदपूर्ती गर्न बाँकी छोडिएको छ । कोषाध्यक्षमा ईश्वरी खड्कालाई चुनिएको छ ।

त्यसैगरी कार्यसमिति सदस्यमा प्रेम चौधरी चयन भएका छन् भने अन्य ७ जना कार्यसमिति सदस्यको पदपछि चयन गर्ने गरि रिक्त राखिएको छ ।

दक्षिण कोरियामा नेपालीको सबैभन्दा पुरानो संस्था मानिने यसले कोरियामा दूतावास खोल्नु अघि नेपालीका लागि महत्वपूर्ण भूमिका खेलेको थियो ।

एनसीसी सन् १९९३ मा स्थापना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *