विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

डिसी नेपाल
१४ पुष २०७६ १२:३१

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईँ भन्ने नरेश चौलागाईँ, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्। चौलागाईँ समूहका मोरङ प्रमुख रहेको बताइएको छ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका-५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरिएको प्रहरी उपरीक्षक विश्व अधिकारीले आज जानकारी दिए ।

उनीहरुलाई विभिन्न समयमा सुराकीका आधारमा पक्राउ गरिएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *