बीबीएलः आज पनि सन्दिप प्लेइङ ११ मा परे, टस जितेर पहिले बलिङ गर्ने

डिसी नेपाल
१४ पुष २०७६ १३:४९

काठमाडौं। अस्ट्रेलियाको घरेलु लिग बीग बास लिगमा आज नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध मेलबर्न स्टार्सको खेल हुँदैछ । अहिले १ बजेर ५५ मिनेटमा सुरु हुने होबार्ट हरिकेन्स विरुद्धको खेल उसकै होमग्राउण्ड लनसेस्टनमा हुँदैछ । मेलबर्नले टस जितेर पहिले बलिङ रोजेको छ ।

होबार्ट हरिकेन्सको टिममा डार्सी सर्ट, क्यालेब जेवेल, बेन म्याकडर्मेट, डेभिड मिलर, जर्ज बेली, सिमन मिलेन्को, जेम्स फक्नर, नथान एलिस, काइस अहमद, क्लाइभ रोज, रिले मेरिडिथ छन् । यस्तै मेलबर्न स्टार्सको टिममा निक मेडिन्सन, मार्कुस स्टोइनिस, निक लार्किन, पिटर ह्याण्डसकम्ब, ग्लेन म्याक्सवेल, बेनडंक, नथान कुल्टर नाइल, एडम जाम्पा, ड्यानियल वोरेल, डेल स्टेन र सन्दिप लामिछाने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *