आइपिएल लिलामी सबैभन्दा धैरै मूल्य पाउने कमिन्स टेस्ट बरियताको शीर्षमा

डिसी नेपाल
१४ पुष २०७६ १५:१७

काठमाडौं । आइपिएलको लिलामीमा सर्वाधिक मूल्य पाएका अस्ट्रेलियाका बलर प्याट कमिन्स आईसीसी टेस्ट बलिङ बरियताको शीर्ष स्थानमा कायम छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा कुमिन्स शीर्षस्थानमा यथावत रहेका हुन् । उनको रेटिङ ९ सय २ छ ।

दोस्रो स्थानमा न्युजिल्यान्डका नेल आएका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए । दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका कागिसो रबडा एक स्थान तल झर्दै तेस्रो स्थानमा पुगे । चौथो स्थानमा भने वेस्ट इन्डिजका जेसन होल्डर छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *