मुख्यमन्त्री राईद्धारा तमु ल्होसार र चाक्चाकुर चाडको शुभकामना
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तमु (गुरुङ) जातिको महान चाड तमु ल्होसार र किराँत कुलुङ जातिको महान चाड मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुरको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले यी दुबै चाडको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
मुख्यमन्त्रीद्धारा जारी सन्देशमा भनिएको छ, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधतायुक्त नेपाली समाजमा यस्ता पर्वहरु आपसी मित्रता, सद्भाव र एकताको प्रतिकका रुपमा रहेका छन्।
हाम्रो यो विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायका लागि पनि एक महत्वपूर्ण पूँजी हो ।
यी दुबै जातिको चाडले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्व बोकेको छ । यी चाडले आफ्नो धर्म, संस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने मैले विश्वास लिएको छु, मुख्यमन्त्रीले जारी गर्नुभएको सन्देशमा भनिएको छ।
यी चाडले नेपालका सबै जातजाती एकताबद्ध भई आपसी सद्भाव तथा भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको दिशामा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरे ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment