खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामै दोस्रो शक्ति : मन्त्री बाँस्कोटा
तस्बीरः शेरबहादुर सिंह/रासस
कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताएका छन्।
कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को मंगलबार उद्घाटन गर्दै उनले खेलकुद क्षेत्रका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए।
मन्त्री बाँस्कोटाले सुन्दर सुदूरपश्चिममा मनोरम पर्यटकीय क्षेत्रहरु रहेकाले यसको अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिदैं कृषि, पर्यटन र जडीबुटीको भण्डारका रुपमा रहेको सुदूरपश्चिम क्षेत्रको समृद्धि यसबाटै हुन सक्ने बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाह्रसिङ्गा, सैपाल हिमाल, खप्तड लगायतका पर्यटकीय क्षेत्र सुदूरपश्चिम क्षेत्रमा नै पर्दछन् । ‘पर्यटकलाई यहाँसम्म पु¥याउनका लागि भौतिक पूर्वाधारसँगै सहज रुपमा घुम्ने वातावरण कायम गरिनुपर्छ’, उनले भने, ‘ऋषिमुनिहरुको चिन्तनको थलो र जडीबुटीको खानी खप्तडको विकास गरिनुपर्छ र यसका लागि सरकार प्रतिबद्ध छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment