दशकको सर्वोत्कृष्ट टि–२० टिममा अफगानिस्तानका २ खेलाडी, भारतका पनि २ जना मात्र

डिसी नेपाल
१५ पुष २०७६ १५:३६

काठमाडौं। क्रिकेटको बाइबल भनिने विज्डल म्यागजिनले सोमबार दशकको टि–२० टिम घोषणा गरेको छ । यसमा सबैभन्दा धेरै अस्ट्रेलियाका ३ जना खेलाडी छन् । भारत, इङल्याण्ड र अफगानिस्तानका २–२ जना खेलाडी छन् । अस्ट्रेलियाका एरोन फिन्च, शेन वाटसन र ग्लेन म्याक्सवेल टिममा परेका छन् । फिन्चलाई टिमको कप्तान बनाइएको छ ।

टिममा भारतका विराट कोहली र जसप्रित बुमराह मात्र परेका छन् । अफगानिस्तानका मोहम्मद नबी र राशिद खान पनि टिममा परेका छन् । अन्य टेट मान्यता प्राप्त देश पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, बंगलादेश, जिम्बाब्बे र आयरल्याण्डका भने कुनै पनि खेलाडी यसमा परेनन् ।

विज्डनको दशकको सर्वोत्कृष्ट टिममा ओपनिङ कप्तान एरोन फिन्च (अस्ट्रेलिया) र कोलिन मुनरो (न्यूजिल्याण्ड)ले गर्नेछन् । त्यसपछि ब्याटिङ क्रमको आधारमा विराट कोहली (भारत), शेन वाटशन (अस्ट्रेलिया), ग्लेन म्याक्सवेल (अस्ट्रेलिया), जोस बटलर (इङल्याण्ड), मोहम्मद नबी (अफगानिस्तान), डेभिड विली (इङल्याण्ड), राशिद खान (अफगानिस्तान), जसप्रित बुमराह (भारत) र लासिथ मालिंगा (श्रीलंका) छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *