ए डिभिजन लिगः बीबीसीको जित, हिमालयन शेर्पा पराजित

डिसी नेपाल
१५ पुष २०७६ १७:१५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाईज क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा ब्रिगेडले १० खेलाडीमा सिमित शेर्पालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

ब्रिगेडको जितमा विजय गुरुङले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा विजयले निर्णायक गोल गरेका हुन् । डिबक्स बाहिरबाट उनको कडा प्रहार शेर्पाका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यस्तै खेलको अन्तिम केहि मिनेट शेर्पा १० खेलाडीमा सिमित भएको थियो । शेर्पाका निरज बस्नेत दोहोरो पहेलो कार्डसहित रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

यस खेलसँगै ब्रिगेडले ए डिभिजन लिगमा आफ्नो १ सयौं खेल पुरा गरेको छ । २०६१ सालमा ए डिभिजन लिगमा बढुवा भएको ब्रिगेडको यस खेल लिगमा १ सय खेल हो ।

जितसँगै ब्रिगेडले ४ खेलमा ६ अंक जोडेको छ । ब्रिगेड लिगको छैटौं स्थानमा रहेको छ । शेर्पाले ४ खेलमा २ अंक जोडेको छ । शेर्पा लिगको ११ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *