माइतीघरमा जागरुक युवा अभियानले मनायो टोपी दिवस
काठमाडौँ । जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ।

आज राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, भाद्गाउँले कालो टोपी लगाएर राष्ट्रिय गीत गाउँदै टोपी दिवस मनाएका हुन्।

यसैक्रममा कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका थिए।

कार्यक्रममा नेपाली टोपी दिवस मनाउनु पर्नाको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए ।



No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment