वडाध्यक्ष भट्टराईको निधन

डिसी नेपाल
१६ पुष २०७६ १२:४५

दमक । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ।

भट्टराई २ वर्षदेखि क्यान्सरबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।

उनको आजै देउनिया खोलामा दाहसंस्कार गरिएको छ।

बिर्तामोड ७ मा भट्टराईको नेतृत्वमा पाँचै जना जनप्रतिनिधि पूर्व एमालेबाट निर्वाचित भएका थिए । ०२८ सालको झापा विद्रोहका योद्धा समेत रहेका भट्टराई सोही समयदेखि राजनीतिमा आबद्ध थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *