दक्षिण कोरियामा टोपी दिवस मनाउँदै भ्रमण वर्षको प्रचार
सौल । दक्षिण कोरियामा अन्तराष्ट्रिय नेपाली दिवस मनाउँदै ‘नेपाल भम्रण वर्षको २०२०’को प्रचारप्रसार गरिएको छ ।
‘राष्ट्रका नाममा दुई घण्टा हातमा नेपाली झण्डा र सिरमा टोपी लगाएर पदयात्रा’ भन्ने मुल नारासहित नेपाल भ्रमण वर्षलाई पनि प्रबर्द्धन गर्ने उद्देश्यले सौल महानगरिय प्रहरी कार्यालयबाट अनुमति लिएर कार्यक्रम गरिएको हो।
सौल स्टेसनदेखि सउल टावर सम्म नेपाली झण्डासहित नेपालको विभिन्न क्षेत्रको दृश्य अंकित कार्ड बोकी पदयात्रा गरिएको थियो । नेपाल पर्यटन वर्ष २०२० को नारा ‘नेपाल लाईफटाईम एक्सपिरिएन्सेस’लाई कार्यक्रमबाट प्रबर्द्धन गरिएको देख्न सकिन्थ्यो।

नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि एंवम अन्तराष्ट्रिय टोपी प्रतिष्ठान कोरियाका संयोजक केपि सिटौलासहित गैरआवासीय नेपाली संघ,राष्ट्रका लागि नागरिक स्वतन्त्र अभियान, सोसाइटी अफ नेप्लीज स्टुडेन्ट ईन कोरियालगायत कोरियामा रहेर विभिन्न पेशामा संलग्न रहेका नेपालीहरू कार्यक्रममा सहभागी थिए।

No ads found for this position



डिसी नेपाल
Facebook Comment