दुवाकोटमा अस्पताल निर्माण गर्ने पहिलो प्राथमिकता : राज्यमन्त्री रावत

डिसी नेपाल
१६ पुष २०७६ १६:३१

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– १ मा निर्माण हुन लागेको वीर अस्पतालको विस्तारित संरचना निर्माण गर्ने पहिलो प्राथमिकता भएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताएका छन्।

उनले बुधबार चाँगुनारायण नगरपालिक क्षेत्रको स्थलगत अनुुगमन गर्दै स्थानीयवासीसँग यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन। अहिले रहेको संरचनाबाट तत्काल भोलिदेखि एक्स–रे सेवार प्रयोगशाला सेवालगायत शुरु गर्न निर्देशन समेत स्वास्थ्य राज्यमन्त्री रावतले दिएका छन्। अहिले प्रवाह रहेको सेवाबाट स्थानीयवासीले दुःख पाएको गुनासो आएपछि राज्यमन्त्री रावतले भोलिदेखि सेवा विस्तार गर्न निर्देशन दिएका हुन्।

विस्तारित भवन निर्माणका लागि ५ सय २० रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भइसकेको छ । सांसद महेश बस्नेतले अहिले तत्काल संरचना निर्माणका लागि सडक, खानेपानी, विद्युत् र ढल निकालका लागि पहिलो काम शुरु गर्नुपर्ने बताए । उनका अनुसार आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम यसै आर्थिक वर्षमा गर्न लागिएको छ । त्यसका लागि बजेटको व्यवस्था भइसकेको छ । नगरपालिकाको १, २, ३ र ४ का स्थानीयले त्यहाँबाट सेवा लिने गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुुभयो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *