चेल्सीको बराबरी
एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । नयाँ वर्षको पहिलो दिन चेल्सी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। ब्राइटनको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाडेको हो। खेलको दशौँ मिनेटमा सेजर एज्पीलिक्वेटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८४ औं मिनेटमा अलिरेजा जहान्बक्हसले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । बराबरीसँगै चेल्सीले २१ खेलबाट ३६ अंक रहेको छ । चेल्सी लिगको चौंथो स्थानमा रहेको छ ।
२४ अंक जोडेको ब्राइटन लिगको १३ औं स्थानमा रहेको छ । अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई २–१ गोल अन्तरले हराएको छ । एस्टनलाई जित दिलाउन वेस्ली र ज्याकले एक एक गोल गरे । बर्नलीका क्रिस उडले एक गोल फर्काए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment