हाम्रो स्वाभिमान ट्रस्टद्वारा दिल्लीका गरिब तथा विपन्नलाई न्यानो कपडा वितरण
नयाँ दिल्ली । नव वर्ष सन २०२० को अवसरमा हाम्रो स्वाभिमान ट्रस्टले राजधानी दिल्लीमा गरिब तथा विपन्न वर्गहरूका कपडा तथा कम्बल वितरण गरेको छ । ‘सेवा नै धर्म हो’ भन्ने भनाइलाई आत्मसाथ गर्दै नव वर्षको पहिलो दिन लोधि रोडस्थित साईबाबा मन्दिर परिसर लगायत दिल्लीका विभिन्न स्थानमा निशुल्क लत्ता कपडा तथा कम्बल वितरण गरेको हो।
विशेषत डिसेम्बरदेखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ । खुल्ला आकाश मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले लत्ता कपडा तथा कम्बल वितरण कार्यक्रमको आयोजना गरिएको ट्रस्टकी राष्ट्रिय संयोजक अनिता क्षेत्रीले बताइन।

‘सहानुभूतिमा मात्र सीमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो, त्यसैले परोपकारी कार्य गरि नै रहन्छौ’ डिसी नेपालसँगको कुराकानीमा संयोजक क्षेत्रीले भनिन्।
हाम्रो स्वाभिमान ट्रस्ट विगत लामो समयदेखि भारत प्रवासमा नेपाली संस्कृतिको जगेर्ना गर्ने कार्यमा सक्रिय रहँदै आएको छ। साथै ट्रस्टले विगत केही वर्षदेखि गरिब तथा विपन्न वर्गहरूका लागि सहायता तथा लत्ताकपडा वितरण जस्ता परोपकारी कार्य गरि आफूलाई अग्रस्थानमा राखेको छ ।
ट्रस्टको महिला समितिद्वारा आयोजना गरिएको कार्यक्रममा संस्थाका महामन्त्री प्रेम क्षेत्री, महिला अध्यक्ष ललिता दत्त, उपाध्यक्ष अन्जु मल्ल, उत्तराञ्चल संयोजक मञ्जु कार्की तथा संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment