नेपाल–अमेरिका–ओमान त्रिकोणीय क्रिकेट श्रृंखलाः पीच बनाउने काम धमाधम (भिडियाे)
काठमाडौं। आगामी फ्रेब्रुअरी ५ देखि १२ सम्म नेपालमा आयोजना हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि तयारी तिव्र पारिएको छ। त्यसका लागि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काम भइरहेको छ।
मैदानमा केही स्थानमा घाँस रोपिएको छ भने लेभलिङ समेत गरिएको छ। मैदान लगायतको तयारी अवलोकनका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का प्रतिनिधि जनवरी पहिलो साता काठमाडौं आउने भएका छन्। लिग–२ मा नेपालसहित स्कटल्यान्ड, यूएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्।
कीर्तिपुरमा हुने सिरिजमा ६ वटा एकदिवसीय खेल हुनेछन्। जसमा प्रत्येक टिमले २–२ वटा एकदिवसीय खेल खेल्नेछन्। नेपाल बाहेक अरु सबैले सिरिजको सुरुवाती खेल खेलिसकेका छन्। बुधबार कीर्तिपुर मैदानमा पुग्दा आउट फिल्डमा पानी लगाउने काम भइरहेको थियो ।
कीर्तिपुर मैदानका ग्राउण्ड स्टाफ मधु तामाङले फेब्रुअरी अर्थात माघमा हुने प्रतियोगिताका लागि आफूहरुले तयारीगरिरहेको जानकारी दिए । हेरौ मैदानमा कसरी काम भइरहेको छ त यो भिडियोमाः
https://www.youtube.com/watch?v=IZXS8-Mxwt0
No ads found for this position


डिसी नेपाल
Facebook Comment