महानगरीय प्रहरी प्रमुख पोखरलेको आश्चार्यजनक निर्णय, घुमुवा प्रहरी हटाइयो

डिसी नेपाल
१७ पुष २०७६ २०:३५

काठमाडौं। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोशाकमा उपत्यका खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ । मातहतका प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोशाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

“घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज गरिएको छ, अब उनीहरु सबै पोशाक लगाएर शान्ति सुरक्षामा खटिनेछन्”, प्रहरी नायब महानिरीक्षक पोखरेलले भने। उनका अनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताए। उनीहरुप्रति प्रहरी सङ्गठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ । कार्यालय स्थापनादेखि यहाँ सादा पोशाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *