एमएम कप र प्रशिक्षकका कारण राष्ट्रिय टिमको क्लोज क्याम्प ढिलो सुरु हुने
काठमाडौं। आगामी फ्रेब्रुअरी ५ देखि १२ सम्म नेपालमा आयोजना हुने नेपाल, अमेरिका र ओमन बीचको त्रिकोणात्मक एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बन्द प्रशिक्षण ढिलो सुरु हुने भएको छ । नेपाल किकेट संघ क्यानका माहासचिब अशोकनाथ प्याकुरेलका अनुसार आगामी साताको अन्त्यबाट प्रशिक्षण सुरु हुने सम्भावना रहेको छ ।
बिदामा गएका भारतीय प्रशिक्षक उमेश पटवाल ब्यक्तिगत कारणले आउन ढिलो हुने साथै इनरुवामा जारी एमएम कप एकदिबसिय राष्ट्रिय क्रिकेटमा राष्ट्रिय खेलाडी हरुले सहभागिता जनाएका कारणले गर्दा प्रशिक्षण ढिलो सुरुहुने भएको हो ।
राष्ट्रिय क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्लले पनि सम्पूर्ण खेलाडीहरु एमएम कपमा ब्यस्त रहेका कारणले तयारी ढिलो हुने जानकारी आफुले पाएको बताएका छन । तर ब्यस्तताका बाबजुद पनि खेलाडी हरुले ब्यक्तिगत रुपमा आउने एकदिवसीय क्रिकेट प्रतियोगिताको तयारी गरिरहेको कप्तानले बताएका छन ।
क्यानले बन्द प्रशिक्षण पोखरामा राख्ने तयारी गरिरहेको छ । काठमान्डौको टियू र मुलपानी क्रिकेट मैदान आउने प्रतियोगिताको लागि स्तरोन्नती भईरहेको कारणले गर्दा प्रशिक्षण पोखरामा गर्ने क्यानले जानएको छ । लिग–२ मा नेपालसहित स्कटल्यान्ड, यूएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। कीर्तिपुरमा हुने सिरिजमा ६ वटा एकदिवसीय खेल हुनेछन्। जसमा प्रत्येक टिमले २–२ वटा एकदिवसीय खेल खेल्नेछन्। नेपाल बाहेक अरु सबैले सिरिजको सुरुवाती खेल खेलिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment