मौसम पूर्वानुमानः कतै बर्षा, कतै हिमपातको सम्भावना

डिसी नेपाल
१९ पुष २०७६ ७:२३

काठमाडौँ । बिहीबार साँझदेखि देखिएको मौसमी परिवर्तन आज (शनिबार) पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका अधिकांश क्षेत्रमा हल्का वर्ष र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसहित वर्षको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ।

शुक्रबार राति जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा भारी हिमपात भएको छ।

त्यस्तै काठमाडौँ उपत्यका लगायतका जिल्लामा शुक्रबार रातिसम्म र शनिबार बिहान सामान्य वर्षा भएपनि शनिबार दिउँसोबाट भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

यस्तो छ ३ दिने मौसम पूर्वानुमान

पौष १९ गते (शनिबार)

दिउँसो : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा आंसिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्ने साथै पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।

राती : देशको मध्य तथा पुर्वी भु-भाग लगायत पश्चिमी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपातको संभावना रहेको छ ।

पौष २० गते (आइतबार)

दिउँसो : देशको पुर्वी भु-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंसिक बदली रहनेछ। बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पश्चिमी भु-भाग लगायत मध्य पहाडी भु-भागमा आंशिक बदली रहने संभावना छ, बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष २१ गते (सोमबार)

दिउँसो : देशको पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदली रहने साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि मध्य तथा पुर्वी भु-भागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *