पौडी खेल्दा डुबेर अस्ट्रेलियामा तीन जना नेपाली युवाको मृत्यु, एक युवाको अवस्था गम्भिर

डिसी नेपाल
१९ पुष २०७६ २०:३९

सिड्नी । गएको दुई दिनमा अस्ट्रेलियामा ३ जना नेपाली युवाले ज्यान गुमाएका छन् ।  पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

सिड्नीको उत्तरमा रहेको बेरोरा वाटर्स  क्षत्रमा क्याम्पिङमा गएका चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुलीको शुक्रबार साँझ नदीमा डुबेर ज्यान गएको हो ।

तत्कालै घटनास्थल पुगेको उद्धारकर्मीको टोलीले अर्का एक जना नेपाली युवाको भने जीवितै उद्धार गरेको छ । न्यु साउथ वेल्स प्रहरीलका अनुसार अप्ठेरो अवस्थामा स्वास लिँदै गर्दा आपतकालीन सेवाले प्रदीप पाण्डेको हेलिकप्टरबाट उद्धार गरेको थियो । गम्भिर अवस्थामा रहेका पाण्डेको हाल अस्पतालमा उपचार भइरहेको छ।

बेलुकी ७ बजे ३ जना पानीमा बेपत्ता भएको खबर पाएपछि एम्बुलेन्स लगायतका आपतकालीन सेवाहरू घटनास्थल पुगेका थिए।

त्यस्तै बिहीबार अष्ट्रेलियाको अरेन्ज सहरमा अर्का एक नेपालीको युवाको पनि डुबेर मृत्यु भएको थियो। एनआरएनए अष्ट्रेलियाका अनुसार अरेन्ज सहरमा नेपाली युवा  रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको छ ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *