सुलेमानीको ‘कफिन’मा हजारौं इराकी सहभागी, मंगलबार इरानमा अन्त्येष्टि गरिने
बग्दाद (एजेन्सी)। अमेरिकाले हत्या गरेका इरानी सैन्य कमाण्डर जर्नेल कासिम सुलेमानीको ‘कफिन’मा शनिबार इराकको राजधानी बग्दादमा हजारौं इराकी सहभागी भएका छन्।
अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार इराकी झण्डा हातमा लिएर हजारौं इराकी नागरिक जर्नेल कासिमको जनजामा सहभागी भएका छन्। उनलेहरुले अमेरिका विरुद्ध चर्को नारावाजीसमेत गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
समाचारअनुसार शनिबार राती नै कासिमको शव इरान लगिने तयारी छ। यसपछि उनको गृह जिल्ला मध्ये इरानमा आगामी मंगलबार अन्त्येष्टि गरिनेछ। कासिम हत्यामा इरानमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।
गएको शुक्रबार बिहानै इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सुलेमानी चढेको कारमा अमेरिकाले लेजर गाइडेड मिसाइल आक्रमण गरेको थियो। सो आक्रमणमा सुलेमानीसहित ५ जना अन्य इरानी सैन्य अधिकारी र केही इराकी सैन्य अधिकारी पनि मारिएका थिए।
सुलेमानीसँग मारिएका इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको छ।बग्दाद जिल्लामा रहेको शिया धर्माबलम्वीहरुको तिर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौँ सहभागी भएका थिए।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारवाहीका क्रममा उनीहरु मारिएको बिहीबार राती पुष्टि गरेको थियो।
“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारवाहीका क्रममा कासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो। मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै मारिएको हो।
वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन्। इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment